काठमाडौं, साउन ७- कुखुराको मासुको मूल्यमा प्रतिकिलो ८० रुपैयाँले कमी आएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेका अनुसार असारमा ४२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको मासुको खुद्रा मूल्य अहिले ३४० रुपैयाँ कायम भएको छ ।
साउन लागेसँगै मासु खपत घटेकाले मूल्यमा पनि कमी आएको बेलबासेले बताए। खपतमा कमी आएसँगै ज्युँदो कुखुराको मूल्य पनि प्रतिकिलो १० रुपैयाँले घटेर २५० रुपैयाँ कायम भएको उनले जनाए ।
व्यवसायी संघका अनुसार, हाल उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भइरहेको छ ।