Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओली र देउवाबीच समझदारी भएपछि बालेनको व्यङ्ग्य : ‘यो समय गिरिबन्धु चियाको हो’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १९ गते


Advertisement

काठमाडौँं, असार १८- काठमाडाैं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन)ले वर्तमान सत्ता समिकरण परिवर्तन भएपछि सामाजिक सञ्जाल मार्फत व्यङ्ग्य गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।

गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भएको बताउँदै उनले ‘पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला भनि प्रश्न गरेका छन् ।

एमाले नेताहरु गिरिबन्धु टि स्टेट र कांग्रेस नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै आलोचना हुँदै आएको छ । सोहि विषयमाथि बालेनले व्यङ्ग्य गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनाउनका लागि एमाले र कांग्रेस बीच सहमति भएको छ ।


प्रतिकृया दिनुहोस्