Skip

Hamro Sanchar

उच्च अदालतको आदेश : महानगरभित्रका सामुदायिक विद्यालयका भाडाका शटर बन्द नगर्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३१ गते


काठमाडौं, जेठ ३१- उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूले भाडामा लगाएका शटरहरु बन्द नगर्न महानगरलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले सामुदायिक विद्यालयहरूले भाडामा लगाएका शटरहरू बन्द नगर्न आज आदेश जारी गरेको हो ।

विद्यालयका शटरहरू शैक्षिक गतिविधिका लागि प्रयोग हुनपर्नेमा भाडामा लगाएको भन्दै महानगरले शटरहरू बन्द गराएको थियो । महानगरले नगर प्रहरी परिचालन गरेर धमाधम शटरहरू बन्द गराउन थालेपछि तुलसीप्रसाद अगस्तीले गएको मङ्गलवार उच्च अदालतमा रिट दर्ता गरेका थिए ।

अदालतले यो मुद्दामा छलफलका लागि दुवै पक्षलाई आउँदो असार ७ गते बोलाएको छ ।


प्रतिकृया दिनुहोस्