Hamro Sanchar

सरकारले अब गाँजा खेति नफाड़ने, व्यावसायिक खेती प्रवर्द्धन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १५ गते


Advertisement

काठमाडौैं, जेठ १५- गाँजाको व्यावसायिक खेती सुरु गर्न सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत गाँजालाई व्यावसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो ।

“गाँजाको व्यावसायिक प्रवर्द्धनका लागि कानुनी व्यवस्था मिलाइनेछ,” मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने ।

सरकारको यो घोषणलाई सांसदहरूले ताली बजाएर स्वागत गरेका छन् ।


प्रतिकृया दिनुहोस्