Skip

Hamro Sanchar

बकैया कार दुर्घटना : उपचारका क्रममा दुई घाइतेको मृत्यु, एक जनाको अवस्था गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ५ गते


काठमाडौं, जेठ ५- मकवानपुरमा कार दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार बिहान साढे ७ बजे ललितपुरबाट हेटौँडा जाँदै गरेको ग ३ ९४७५ नम्बरको कार मकवानपुरको बकैयाँ गाउँपालिका-१२ चौतारामा भीरबाट खसेको थियो ।

कार दुर्घटनामा परी घाइते भएका रौतहटको मौलापुर नगरपालिका-६ का १७ वर्षीय विवेक साह र मकवानपुरको बकैया गाउँपालिका-१२ का ६५ वर्षीय प्रेमलाल ब्लोनको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

कार चालक बाराको निजगढ नगरपालिका-६ का ३० वर्षीय सन्दीप साहको अवस्था गम्भीर छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कार सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

कार दुर्घटनाग्रस्त अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट टोली खटिएको थियो ।

कारमा सवार तीन जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा २ जनाको मृत्यु भएको हो ।


प्रतिकृया दिनुहोस्