Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भक्तपुरको चाँगुनारायणमा इनार खन्ने क्रममा काका-भतिजको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १९ गते


काठमाडौँ, बैशाख १९- भक्तपुरको चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार रहेका छन् ।

चाँगुनारायण नगरपालिका–४ स्थित खनालचोकमा आफू बसेको जग्गामा इनार खन्ने क्रममा अचेत भएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । इनार खन्दा उनीहरु ५५ फिट तल पुगेपछि बेहोस भएका हुन् ।

खबर प्राप्त हुनसाथ तत्कालै विपद् व्यवस्थापन महाशाखा काठमाडौँबाट २५ जना, जिल्ला परिसर भक्तपुरबाट ३० जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट ९ जनाको प्रहरी टोली र आरएनएका १६ जना उद्धारकर्मीको टोली खटिई उनिहरूलाई उद्धार गरिएको थियो ।

उद्धारपछि उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको बताइएको छ ।

मृतक काका भतिज हुन् ।


प्रतिकृया दिनुहोस्