Hamro Sanchar

जनकपुर उडेको प्रधानमन्त्री सवार जहाज अवतरण हुन सकेन, ५ घण्टा पछी पुनः सोही जहाजमा प्रधानमन्त्री जनकपुर गए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १९ गते


Advertisement

काठमाडौँ, मङ्सिर १९- मंगलबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौँ फर्किएको छ । बुद्ध एयरको एटीआर ७२–५०१ नम्बर जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको हो ।

उक्त फ्लाइटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सवार रहेका थिए । बिहान ७ः४५ बजे काठमाडौँबाट उडेको जहाज जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको बुद्ध एयरका प्राविधिक दीपेन्द्र कर्णले रातोपाटीलाई जानकारी दिए ।

बिहान जहाज उड्ने बेलामा जनकपुरको मौसम ठिक थियो । आवश्यक भिजिबिलिटी राम्रो थियो । तर, जब जहाज उड्यो तब उताको वेदर ( मौसम) बिग्रियो । कम भिजिबिलिटीका कारण जहाज ल्यान्ड गर्न नसकेर काठमाडौँ फर्किएको हो’ उनले भने ।

जहाजमा प्रधानमन्त्री दाहालसहित ६५ जना यात्रु रहेका थिए । १०–१५ मिनेट आकाशमा नै होल्ड भएर काठमाडौँ फर्किएको जहाज १२ः४१ बजे पुनः जनकपुर उडेको थियो । सोही जहाजमा प्रधानमन्त्री जनकपुर गएको कर्णले  बताए ।


प्रतिकृया दिनुहोस्