Hamro Sanchar

प्रवासी नेपाली एकता मञ्च कुवेतले दूतावासमार्फत नेपाल सरकारलाई बुझायो १३ बुदे प्रस्ताव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, ४ गते


काठमाडौं, कात्तिक ४- नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतले नेपाली दूतावास कुवेत मार्फत नेपाल सरकारलाई १३ बुदे प्रस्ताव पत्र बुझाएको छ ।

प्रवासी नेपाली एकता मञ्च कुवेतले १३ बुदे प्रस्ताव पत्र तथा नया कार्यसमिति नामावली नेपाली दूतावास कुवेतकी काउन्सेलर सुजनी राणालाइ बुझाएको हो ।

कुवेतमा कार्यरत नेपाली श्रमिकहरुको समसामयिक विषयवस्तुहरूलाइ समेटी प्रवासी नेपाली एकता मञ्च कुवेतले सो प्रस्ताव पत्र बुझाएको हो । प्रस्ताव पत्रमा संविधान प्रदत्त मौलिक अधिकारको आम नागरिकलाई प्रत्याभूति दिलाउन र देशलाई समाजवाद तर्फ अगाडी बढाउन, प्रवासबाट अनलाईन भोटिङको व्यवस्था गर्न प्रकृया अगाडि बढाउने, सामाजिक सुरक्षा कोष सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, नेपाल-कुवेत बिच श्रम सम्झौताको प्रकृया अगाडि बढाउने, करार बमोजिम श्रमिकले तलब नपाएका विषयमा दूतावासबाट अनुगमन तथा निरिक्षण गर्न साथै जथाभावी मागपत्र प्रमाणित नगर्ने, विद्युतीय राहदानी नविकरणको लागि अनलाइन फारम भर्न सहजिकरण गर्ने, राजनैतिक दलका भातृ संगठनका कार्यक्रममा दूतावासले सहभागिता जनाउने लगायतका मागहरू रहेका छन् ।

प्रवासी नेपाली एकता मञ्च कुवेतले २९ सेप्टेम्बर २०२३ मा सम्पन्न तेश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यरुको नामावली र अधिवेशनले पारित गरेको प्रस्तावहरु (resolutions) मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजाल र अध्यक्ष युवराज गैरेको नेतृत्वमा सल्लाहकार सूर्य लामा, उपाध्यक्ष टीका पौडेल, धनेश्वर यादव, बिना सापकोटा, महासचिव इन्द्रदेव शर्मा, कोषाध्यक्ष तनबिर आलम, सचिव वसन्त पोख्रेल र सदस्य मोहमद अब्जलको उपस्थितिमा बुझाएको हो ।

नेपाली दूतावास कुवेतले कार्यान्वयनको लागि सक्दो प्रयास गर्ने वचन दिएको मन्चका अध्यक्ष युवराज गैरेले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्