Skip

Hamro Sanchar

समाजवादी मोर्चा र गठबन्धनबाट पार्टी टाढा हुँदैन: नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १८ गते


काठमाडौं, असोज १८- नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्र सृुधारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष दुई पटक ज्ञापनपत्र बुझाएको भए पनि प्रधानमन्त्रीले त्यसमा ठोस पहल नगरेको गुनासो गरेका छन् ।

पार्टीको समाजवादी जागरण अभियान २०८० को पाचौ दिन रौतहटको चन्द्रपुरमा आज भएको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । राम्रा क्रान्तिकारी एजेन्डा लिएर जनताको विचमा आएको, रोजगारी, सुशासन र समृद्धिलाई जोड दिन र जनतालाई सङ्गठित गर्न ११ सय किमि लामो अभियानमा हिडेको भन्दै उनले सम्पूर्ण जनसुदायलाई साथ दिन आग्रह गरे भने आफूहरुको असल अभियानलाई व्यापक रुपमा प्रचार गरिदिन सञ्चारकर्मीलाई अनुरोध गरे ।

अध्यक्ष नेपालले २ वटा चिनि मिल स्थापना गरिएकोमा एउटाले किसानलाई पैसा दिने गरेको र अर्कोले दुख दिने गरेको बताए । आफ्नो पार्टी सँधै गरिब, किसान तथा पीडित जनताको हकहितको पक्षमा रहेको भन्दै उनले मिटरब्याज पीडितको पक्षमा दृढताका साथ लागिरहेको बताए ।

त्यसका साथै उनले पुजीपतिको हितमा मात्र नीति नबनोस् भन्ने उद्धेश्यका साथ सदन र सरकारको मोर्चामा रहेर संघर्ष गरिरहेको बताए । समाजवादी मोर्चा र गठबन्धनबाट पार्टी टाढा नहुने उनको भनाइ रहेको छ ।


प्रतिकृया दिनुहोस्