Skip

Hamro Sanchar

मन्त्रिपरिषद्को बैठकद्वारा तीन सचिवको सरुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २२ गते


काठमाडौं, भदौ २२- मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका तीनजना सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवहरुको सरुवा गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारको प्रवक्तासमेत रहेकी सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको बताइन् ।

नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको शर्माले जानकारी दिइन् ।


प्रतिकृया दिनुहोस्