Skip

Hamro Sanchar

एमाले पार्टीभित्र अब बिस्फोट हुन्छ: झलनाथ खनाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २० गते


काठमाडौं, भदौ २०- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने दाबी गरेका छन् ।

बुधबार नेपाल आदिवासी जनजाती महासंघ९समाजवादी०को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा९एमाले०भित्र बिस्फोट र बिद्रोह हुने बताएका हुन् ।

उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताउँदै एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टी भित्रैबाट विद्रोह हुने उल्लेख गरे । जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने बताउँदै एमाले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुने नेता खनालले तर्क गरे ।

एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने उनको भनाइ थियो । नेता खनालले एमाले राप्रपा, लोसपा र कांग्रेस जोसँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्त, दृष्टिकोण नभएको र भयानक अलमलमा रहेको टिप्पणी गरे ।

सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गरे । उनले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरु नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपालीहरु सचेत हुनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्