Hamro Sanchar

एनआरएनए एनसीसी कतारको महासचिवमा श्रेष्ठको उम्मेद्वारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ७ गते


दोहा : एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार महासंघ कतारका उपाध्यक्ष दिल श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छन् ।

एनसिसि निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारि आबेदकको नामावलीमा श्रेष्ठ सहित रबिन मगरले महासचिव पदमा दाबेदारी दिएको जनाइएको छ ।

लामो समयदेखि कतारलाई कर्म थलो बनाएर सामुदायिक पत्रकारिता गर्दै आएको श्रेठ कतारमा रहेका बिभिन्न सामाजिक सस्थाहरुमा आवद्द स्वच्छ छबि भएका सहि सुचना सम्प्रेषण गर्ने र स्पस्ट बक्ताका रुपमा चिनिन्छन् ।

हाल उनि नेपाल पत्रकार महासंघ कतार साखाका उपाध्यक्ष हुन् भने पर्वत समाज कतारका संस्थापक महासचिब तथा बर्तमान सल्लहाकार समेत हुन् । एनआरएनए कतारसँग लामो समय सुचना तथा प्रचारप्रसार उपसमितिमा समेत काम गरेका श्रेठ २०१७-२०१९ को कार्यकालमा पनि सचिब पदमा उमेदवारी दिएका थिए । सो समय उनले पाएको मतले प्रतिस्पर्धात्मक नै थियो ।

हरेका कार्यकालमा एनसीसीलाई ठाडो प्रश्न गर्ने पत्रकार भनेर चिनिने श्रेष्ठ नै महाचिवको उम्मेद्बार बनेपछि दोहामा रहेका जानकारहरुले उनि नेतृत्वमा पुगे धेरै अनूत्तरित प्रश्नको उत्तर आउने आशा गरेका छन् ।

श्रेष्ठले आफुले अन्तिम समयमा आएर दिएको उमेदवारी भएपनि आफ्नो उम्मेदवारी मेरो उम्मेद्बारी कुनै बिचार, बर्ग, जातजाति, धर्मसंस्कार गुटउपगुठ समुहबाट नभई समाजका उठेका सवालमा जवाफदेहिता नहुनुको परिणाम रहेको बताएका छन् । श्रेष्ठले आफुलाई आफूलाई महासचिब पदमा विजयी गराउन एनआरएनएका अग्रज, सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष अपिल गरेका छन् ।


प्रतिकृया दिनुहोस्