Hamro Sanchar

कुवेतमा कार्यस्थलमै मेसिनमा च्यापिएर एक नेपालीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २ गते


कुवेत, साउन २- कुवेतमा कार्यस्थलमै मेसिनमा च्यापिएर एक नेपाली पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेल रहेका छन् ।

विगत तीन बर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर आइतबार मृत्यु भएको हो ।

उनि उक्त कम्पनीमा ड्राइभरको रुपमा कार्यरत थिए ।

विगत १६ बर्षदेखि कुवेतमा कार्यरत ४६ वर्षिय भुजेल परिवारसहित मङ्गाफ भन्ने स्थानमा बस्दै आएका थिए ।

मृतकको शव फर्वानिया हस्पिटलमा राखिएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्