Hamro Sanchar

कुवेतमा पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु, दुई जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १ गते


कुवेत, साउन १- कुवेतमा पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङका राजन छन्त्याल रहेका छन् ।

छन्त्यालको गत शनिवार साँझ कुवेतको साल्मियास्थित समुन्द्रमा पौडी खेल्दै गर्दा पानीको छालले तानेर उनको मृत्यु भएको हो ।

उनिसंगै पौडी खेलिरहेका अन्य दुई जना नेपालीहरुलाइ पनि छालले  घिसार्दै लगेको थियो । उनिहरुलाइ पनि साथिहरुले बचाउन खोजे पनि अवस्था नाजुक नै भैसकेकोले कुवेत प्प्रहरीले अस्पताल  पुर्‍याएका छन् । उनिहरु अझै उपचाररत नै छन् ।

पानीमा डुबेर घाइते भएका दुई जनाको अझै परिचय खुलिसकेको छैन ।


प्रतिकृया दिनुहोस्