Hamro Sanchar

एनआरएनए कुवेतको अध्यक्षमा दोश्रो कार्यकालका लागि लामाको एकल उम्मेदवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २९ गते


काठमाडौं, असार २८- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतको ८औं महाधिवेशनको लागि ३२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै ३२ जना उम्मेदवारहरुको नाम सार्बजनिक गरेको छ । जसअनुसार अध्यक्षमा दोश्रो कार्यकालका लागि रणध्वज लामाले उम्मेदवारी दर्ता गरेका छन् । भने बरिष्ठ उपाध्यक्षमा मान बहादुर तामाङ र होम नाथ गिरि, उपाध्यक्षमा रमिता तामाङ (महिला उपाध्यक्ष), मोहन राई, दामोदर बटाला, विकाश बहादुर सिंह, निरन्जन सिंह ठकुरी, महासचिवमा मनिश के. सी., सचिवमा बिजय धामी र मन कुमार राई, कोषाध्यक्षमा, सोनाम लामा, सह कोषाध्यक्ष, जिवन निरौला, युवा संयोजकमा आङ नोर्बु शेर्पा, महिला संयोजकमा सजिना गुरुङ, युवा सह संयोजकमा छेनाम तामाङ, महिला सह संयोजकमा माया देवी राई पाण्डे र सदस्यहरुमा सुर्य कुमार लामा र दुर्गा कुमारी ओलीको उम्मेदवारी परेको छ ।

यस्तै आइसीसीमा सदस्य पुनः दोश्रो कार्यकालका लागि हरि लावतीले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएका कसैप्रति दाबी बिरोध वा उजुरी नपरेको प्रमुख निर्वाचन आयुक्त अध्यक्ष सुजन केसीले हाम्रोसंचारलाई जानकारी दिए । समितिले बिहिबार साझ ५ बजेसम्म उम्मेदवारविरुद्ध दावी विरोध तथा उजुरी दिने समय उपलब्ध गराएको थियो ।

अधिवेशनका लागि अनलाइन माध्यमबाट पञ्जिकृत सदस्यता फारम भरी प्रमाणित भएका १५१६ पञ्जिकृत सदस्यहरूको नामावली प्रकाशित गरिसकेको छ ।


प्रतिकृया दिनुहोस्