Skip

Hamro Sanchar

एसईईको नतिजा सार्वजनिक गर्न आज बोर्ड बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २० गते


काठमाडौं, असार २०- राष्ट्रिय परीक्षा बोर्डले गतको चैतमा भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) – २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भैरहेको छ ।

नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ ।

सकेसम्म बिहिबार नै र प्राविधिक कारण तयारी नसके शुक्रवारसम्म नतिजा सार्वजनिक गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यसवर्षको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।


प्रतिकृया दिनुहोस्