काठमाडौं, बैशाख १६- तमू समाज कुवेतले शुक्रबार आयोजना गरेको ७औं वृहत रक्तदान कार्यक्रममा १०३ जनाले सामुहिक रक्तदान गरेका छन् । “रगतदान जीवनदान” भन्ने नाराका साथ समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा आयोजित रक्तदान कार्यक्रममा नेपाली समाजका विभिन्न व्यक्तित्वहरुले रक्तदान गरेका समाजका बरिष्ठ सल्लाहकार खोप गुरुङले जानकारी दिए ।
समाजका अध्यक्ष राजु गुरुङको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा नेपाली दुतावासका कार्यवाहक राजदूत सुजनी राणा, सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा. अयत ओसामा, गैर आवासीय नेपाली संघ समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामालगायत कुवेतका बिभिन्न संघ सस्थाका प्रतिनिधी, पत्रकार तथा रक्तदाताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजु गुरुङले जीवन र मृत्युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा उप्रेरणा जगाउन समाज लागि परेको बताए ।