
काठमाडौं । सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको ८ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।
बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले बताएका छन् ।

















