Hamro Sanchar

सल्यानमा सालनालसहित नवजात शिशु मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, १७ गते


सल्यान । सल्यानमा एक नवजात शिशु मृत भेटिएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका ४ डोढेरास्थित शारदा नदीको किनारमा पानीमा तैरिरहेको अवस्थामा नवजात शिशु मृत भेटिएको प्रहरीले जानकारी दियो ।

मृत अवस्थामा भेटिएको नजवात शिशु सालनालसहितको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । उनका अनुसार नवजात शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

वडाध्यक्ष बेलबहादुर चन्दले खबर गरेपछि ईलाका प्रहरी कार्यालय कालिमाटी र लुहामबाट प्रहरी टोली घटनास्थलमा पुगी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खनालको भनाइ छ ।


प्रतिकृया दिनुहोस्