Hamro Sanchar

आज अधिकांश ठाउँमा मौसम सफा रहने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ३ गते


काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती पनि प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ भन्दै महाशाखाले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहन अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्