Hamro Sanchar

सञ्चारमन्त्री शर्माद्वारा सहिदको सालिकमा माल्यापर्ण

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, ३ गते


Advertisement

सुदिप बर्देवा । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहिदको सालिकमा माल्यापर्ण गरेकी छन् । माओवादी केन्द्रबाट मन्त्री बनेकी शर्माले पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडास्थित
सहिद स्तम्भमामा माल्यापर्ण गरेकी हुन् । मन्त्रीको पदभार गरेपछि मन्त्री शर्मा पेरिसडाँडा पुगेकी थिइन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शर्माले दाङ क्षेत्र नं। २ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र शंकर पोखरेललाई पराजित गरेकी थिइन् ।

२०७० सालको दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद रहेर ०७२ मा सामान्य प्रशासनमन्त्री बन्ने अवसर पाएकी रेखा २०७४ मा पनि समानुपातिकबाट सांसद बनेकी थिइन् । तर प्रत्यक्ष चुनाव लडेर जनताबाट अनुमोदित हुने उनको इच्छा यसपटक भने पुरा भएको छ ।

साथै यसपटक मन्त्रिपरिषदमा रेखाको वरियता पनि माथि छ । उनी मन्त्रिपरिषदमा प्रधानमन्त्री र ४ जना उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देनपछिको वरियतामा छिन् । माओवादीमा प्रधानमन्त्री र उपप्रधानमन्त्री श्रेष्ठपछिको वरियतामा छिन् ।

संकटकालमा कठोर यातना, जेलनेल भोग्दै मुश्किलले बचेकी नेतृ हुन् रेखा सभामुख रहँदा यौन काण्डमा मुछिएका माओवादी नेता कृष्णबहादुर महराले चुनावी मैदान छाडेपछि भने यसपालि अवसर पाएकी हुन् । चुनावी मैदानमा उनले एमालेका पोखरेलसंग कडा प्रतिस्पर्धा समेत गरिन् । र अन्तमा सानदार जित हासिल गरिन् । उक्त निर्वाचनमा रेखा १९३ मतान्तरले विजयी भएकी हुन् । उनले २६ हजार ८८० र पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए ।

 

 

 

 

 


प्रतिकृया दिनुहोस्