काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ थप २०० रुपैयाँले बढ्दै १ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । महासंघले आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयँ तोकेकोमा सोमबार थप बढेर १ लाख ५ हजार २०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख ४ जहार ७०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको भाउ पनि सोमबार बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो ।