Hamro Sanchar

कसैलाई दोष नदिई कमी–कमजोरी हटाएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, २५ गते


Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा उनले कसैलाई दोष नदिई कमी–कमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले तीनै तहका सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारेका छन् । उनले मुलुकमा कायापलट ल्याउन तीनै तहका सरकारले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन् ।

“सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नुपर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यो स्पष्ट छ,” उनले भने, “संविधानले प्रदत्त गरेको अधिकारहरू जनताले उपयोग गर्न सकून । सबै पालिकामा जनताले के–के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ । महिला हिंसामुक्त पालिका होस् । छुवाछूतमुक्त मेरो पालिका हुन् । सबै जाति, समुदायको माझमा सामाजिक सद्भाव कायम राखेको पालिका हाम्रो होस् । त्यस रूपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने गरी काम गर्नुपर्दछ ।”


प्रतिकृया दिनुहोस्