Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कुवेतमा “निरेम सांगितिक उत्सव २०२३” हुँदै

प्रकाशित : २०७९ मंसिर, १९ गते


कुवेत, मंसिर १९- निरेम प्रोडक्सन कुवेतले “निरेम सांगितिक उत्सव २०२३” आयोजना गर्ने भएको छ । फेब्रवरी १० तारिक शुक्रवारका दिन आयोजना हुने उत्सवलाई ‘टिभीएस् ट्राभल्स एण्ड कार्गो’ले मुख्य प्रायोजन गर्ने भएको छ ।

निरेम प्रोडक्सन कुवेत टिम र Dr S.M. Hyder Ali DPE USA, Chairman of Tvs Hyder Group को बुधबार बसेको बैठकले उक्त सांगितिक उत्सवको लागी सम्झौता गरेको हो । सातौ वार्षिक उत्वस तथा ( Valentine’s Day ) प्रेम दिवसको अवसरमा नेपालका राष्ट्रिय अतिथि कलाकारहरुको साथमा सांगितिक कार्यक्रम आयोजना गर्न लागेको बताउदै संयोजक प्रेम जिमिले आफ्नो टिम कलाकार छनोटमा लागि सकेको हुदा छिट्टै नै कार्यक्रम हुने स्थान सहित पोस्टर सार्वजनिक गर्ने बताएका छन् ।

साथै कुवेतमा कृयाशिल संघ सस्था, भात्रिसंगठन, मिडिया हाउस, व्यावसायिक, समाजसेवि, बुद्दिजिवि, कलाकार, लगायत सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनमा कुनैपनि कार्यक्रम नजुधाउनको लागि हार्दिक अपिल समेत गरेका छन् ।

निरेम ग्रुप अफ कम्पनि अन्तरगत रहेको निरेम प्रोडक्सन कुवेतमा मिडियाको क्षेत्रमा ७ बर्षदेखि कृयाशिल रहदै प्रवासमा परोपकारी पत्रकारीता सगै मल्टिमिडिया सम्बन्धी कार्य गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस्