Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शंकर पोखरेल भन्छन् : नयाँ शक्तिहरूको उदय स्थायित्वका लागि चुनौती

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ९ गते


दाङ । दाङ निर्वाचन क्षेत्र(२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायीत्वमा चुनौती थपेको बताएका छन्।

शुक्रबार नेकपा एमाले दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको यो जनमतले राजनीतिक स्थायीत्व थप संकटमा परेको बताएका हुन्।

‘नयाँ शक्तिहरूको उदय असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको छ त्यसले मुलुकको राजनीतिलाई स्थायित्वतर्फ लैजाने कुरामा नयाँ प्रकारको चुनौती पैदा भएको छ,’ उनले भने, ‘हामीले विकास र समृद्धिका लागि धेरै राजनीतिक दलहरू होइन बलिया राजनीतिक शक्तिको आवश्यक्ता पर्छ भनेका थियौँ। यद्यपि, नेपालका प्रमुख दलहरू नेकपा एमाले र नेपाली कांग्रेस हुन् भन्ने कुराको सच्याइलाई परिणामले उजागर गरेको छ।’


प्रतिकृया दिनुहोस्