Hamro Sanchar

निर्वाचन आयोगद्वारा मन्त्री चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ३ गते


Advertisement

काठमाडौं । निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ । बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो ।

मन्त्री चौधरीले व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी शीर्षकको समाचार र सामाजिक सञ्जालमा आएका विषयमा मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो । आचारसंहिता विपरीत वितरण गरेको भन्दै आयोगले २५ हजार रुपैयाँ जरिवाना लगाएको हो ।


प्रतिकृया दिनुहोस्