Hamro Sanchar

वर्षमान भन्छन् : गठबन्धनको जित भइसक्यो घोषणा हुनमात्रै बाँकी छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भइसकेको दाबी गरेका छन् । चुनाव प्रचार–प्रसारका क्रममा उनले धेरैले गठबन्धन बीचैमा टुट्ने बताए पनि गठबन्धन थप बलयो भएको बताएका हुन् ।

उनले चुनावमा एक अर्का दललाई शतप्रतिशत मत ‘ट्रास्फर’ हुने अवस्था निर्माण भइसकेको दाबी समेत गरेका छन् । नेताहरुको सत्ता स्वार्थका कारण नभई आफूहरुले केपी ओलीको निरंशुकता र प्रतिगमनविरुद्ध सैद्धान्तिक गठबन्धन निर्माण गरेको नेता पुनको जिकिर छ । नेता पुनले गठबन्धनप्रति देशव्यापी रुपमा जनलहर देखिएको भन्दै गठबन्धनका उम्मेदवारहरुको विजयको औपचारिक घोषणामात्र बाँकी रहेको जिकिर गरेका छन् ।

ओलीले सबैलाई गाली गर्ने र होच्याउने काम मात्र गरेको उनको टिप्पणी छ । पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले मुलुकको अर्थतन्त्र संकटग्रस्त हुनुमा ओली जिम्मेवार रहेको आरोप समेत लगाएका छन् । ओली प्रधानमन्त्री बन्नुअघि ७ खर्ब हाराहारीमा रहेको वैदेशिक ऋण बढेर २१ खर्ब पुगेको तथ्यांक उनले प्रस्तुत गरेका छन् ।


प्रतिकृया दिनुहोस्