विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको निर्वाचन आम निर्वाचन मात्रै नभएर जनमत संग्रह भएको बताएका छन् । मोरङको सुन्दरहरैचामा भएको चुनावी सभामा बोल्दै यो चुनाव अग्रगमन र पश्चगमन रोज्ने जनमत सङग्रह भएको बताएका हुन् ।
मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने सो निर्वाचनमा भएको सभामा उनले गठबन्धन अग्रगमनको पक्षमा भएको भन्दै गठबन्धनलाई जिताउन आग्रह गरेका छन् । एमालेले पश्चगमनको नेतृत्व गरेको प्रचण्डले आरोप समेत लगाएका छन् ।
मोरङ ६ अन्तर्गत प्रदेशसभा १ मा प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनका तर्फबाट उम्मेदवार छन् । ज्वाइँको निर्वाचन क्षेत्रमा आएका प्रचण्डले शेखर कोइराला र आचार्यलाई जिताउन आग्रह गरेका छन् । उनले गठबन्धनको हारे देशले हार्ने भन्दै गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।