Hamro Sanchar

आयोगमा दर्ता भयो वामदेव गौतमको पार्टी, धानको बाला चुनाव चिह्न

प्रकाशित : २०७९ साउन, ११ गते


Advertisement

काठमाडौं, साउन ११- वामदेव गौतमको संयोजगत्वमा घोषणा भएको नेकपा एकता राष्ट्रिय अभियान दल निर्वाचन आयोगमा दर्ता भएको छ । दलको नाम नेकपा एकता राष्ट्रिय अभियान र चुनाव चिह्न ‘धानको बाला’ राखिएको छ । चन्द्र आकारको गोलाकारभित्र झुलेको धानको बाला राखिएको बताइएको छ ।

गत १४ असारमा राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको सो दलको दर्ता प्रक्रिया सम्पन्न भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

सुरुमा गुलाबको रुख चुनाव चिह्न मागेर आयोगमा दल दर्ता गराइएको थियो । उक्त चिह्न अर्कै दलले प्राप्त गरिसकेको भेटिएपछि ‘धानको बाला’ रोजिएको हो ।


प्रतिकृया दिनुहोस्