Hamro Sanchar

बाँदरले लखेटेर शहरमा बसाइसराइ, त्यहाँपनि नछोडेपछि तनाव

सुशिल बस्याल प्रकाशित : २०७९ साउन, १ गते


पाल्पा, साउन १- पाल्पा जिल्लामा बाँदर आतंकका कारण बसाई सरेर शहर आएका स्थानीयहरु शहरमा पनि बाँदर छिर्न थालेपछि अचम्मित र त्रसित बनेका छन् ।

खेतबारीको मात्र नभै घर भित्र रहेको अन्नपात, फलफूल घरभित्रै पसेर खान थालेपछि पाल्पाको धेरै जसो ठाउँका स्थानीय बसाई सरेर जिल्लाको सदरमुकाम तानसेन, बुटवल, काठमाडौं बसाई सर्न बाध्य भएका हुन् ।

‘त जादैँ गरेस म आउदैँ गर्छु’ भने जस्तै भएको छ ।

पछिल्लो समय जिल्लाको सदरमुकाम तानसेन बजार परिषदमा पनि बाँदरले आंतक मच्चाउन थालेको छ । बाँदर शहरमा पनि छिरेपछि अब कता जाने ? भन्ने एउटै प्रश्न उठिरहेको छ ।

तानसेन बजारका घरका छत, बरण्डा बाँदरले चहार्न थालेको छ । बाँदरको बजार यात्राले के राम्रो संकेत गर्ला ? भन्ने प्रश्न पत्रकार भोजराज भटराईले फेसबुकमा लेखेका छन् ।


प्रतिकृया दिनुहोस्