Skip

Hamro Sanchar

ठमेलमा १५ करोडको कोकिन काण्ड, ८७ वर्षीय विदेशी पनि पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १३ गते


Advertisement

काठमाडौं, मंसिर १३ । काठमाडौंको ठमेलबाट ३ किलो कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक सुक चोन लि र २८ वर्षीय भारतीय नागरिक दीपक उत्तम वागमारे रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ठमेलस्थित जीपी रोडको एक होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार कोरियाली नागरिकले पेरुबाट ल्याएको कोकिन ह्याण्ड ब्यागको फल्स बटममा लुकाएर राखेका थिए।

उक्त कोकिन लिन होटल पुगेका भारतीय नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार कोकिन काठमाडौं हुँदै भारतको मुम्बई पुर्‍याउने योजना रहेको खुलेको छ।

बरामद कोकिनको अवैध बजार मूल्य करिब १५ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्