१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा सम्पन्न गर्ने भएको छ।
पार्टी सभापति गगन थापाले आज सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अधिवेशनको मिति सार्वजनिक गरेका हुन्।
थापाका अनुसार हिमपात हुने हिमाली जिल्लामा मंसिर २४ र २५ गते अधिवेशन हुनेछ भने अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन गरिनेछ।
त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेभित्र सम्पन्न गर्ने कांग्रेसको तयारी छ।
गत असोज १६ देखि २३ गतेसम्म सम्पन्न
१५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो। तर प्रदेश र जिल्ला तहका अधिवेशन भने बाँकी रहेका थिए।

























