Skip

Hamro Sanchar

अफगानिस्तानमा विद्यालयनजिक विस्फोट, ७ बालबालिकासहित १० को मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १३ गते


Advertisement

काठमाडौं । पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा विद्यालयनजिक भएको भीषण विस्फोटमा सात बालबालिकासहित १० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।

स्थानीय अधिकारीका अनुसार शनिबार बिहान करिब १० बजे प्रान्तीय राजधानी असदाबादको अन्दारसैर क्षेत्रमा विस्फोट भएको हो। मृतकमा दुई महिला पनि रहेका छन्।

विद्यालयसँगै जोडिएको एउटा घरमा विस्फोटक पदार्थ भण्डारण गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा भण्डारणस्थलमा भएको लापरवाहीका कारण विस्फोट भएको देखिएको तालिबान सरकारका गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।


प्रतिकृया दिनुहोस्