Skip

Hamro Sanchar

आजदेखि नारायणगढ–मुग्लिङ सडकमा पाँच घण्टा यात्रा प्रतिबन्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १३ गते


Advertisement

१३ मंसिर, चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।

तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न जिल्ला प्रशासन कार्यालय चितवनले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको हो।

आजदेखि अर्को सूचना जारी नभएसम्म सडक बन्द रहनेछ। यस अवधिमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिएका छन्।

तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधानका लागि विशेष प्रविधिबाट काम गर्न लागिएको हो।

पहिरो प्रभावित भिरलाई बलियो बनाउन नेलिङ, पानी निकासका लागि होरिजोन्टल ड्रेन र बायोइन्जिनियरिङ प्रविधि प्रयोग गरिनेछ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार काम सम्पन्न गर्न कम्तीमा १५ दिन लाग्न सक्नेछ। यसबीच काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहनेछ।

प्रशासनले यात्रुलाई समयअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस्