काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
आज पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी गठनका मूल उद्देश्यअनुसार द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा काम अघि बढाउनुपर्ने नेपालको धारणा रहेको बताए।
भारतीय विदेश सचिव विक्रम मिस्रीले ईपीजी प्रतिवेदन पुरानो भइसकेको र यसको औचित्य समाप्त भएको अभिव्यक्ति दिएपछि नेपालले यस्तो धारणा सार्वजनिक गरेको हो।
२०७५ सालमै तयार भएको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानेपछि हालसम्म थन्किएको छ।
नेपालतर्फका संयोजक भेषबहादुर थापाले गत जेठ २१ गते प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्रमन्त्री शिशिर खनाललाई बुझाएका थिए।

























