११ मंसिर, काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।
कोषले सार्वजनिक सूचना जारी गर्दै पवित्र उद्यान, शान्ति द्वीप र अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायतका स्थानमा स्वीकृतिबिना राखिएका पसल हटाउन निर्देशन दिएको हो।
तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही गर्ने कोषले चेतावनी दिएको छ।

























