Skip

Hamro Sanchar

पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १० गते


Advertisement

१० मंसिर, काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग अवैध रकम असुली प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्यालको बूढानीलकण्ठस्थित निवासमा छापा मारेको छ।

आज पक्राउ परेका अर्यालको घरबाट प्रकरणसँग सम्बन्धित कागजात खोज्न छापा मारिएको हो। अनुसन्धानमा मलेसिया जाने श्रमिकसँग शून्य लागतमा पठाउने सम्झौताविपरीत थप रकम असुलिएको खुलेको छ।

२०७० सालदेखि चल्दै आएको उक्त धन्दामा माइक्रोटेक प्रालि र मलेसियाको बेष्टिनेट कम्पनीको संलग्नता देखिएको सीआईबीको अनुसन्धानमा उल्लेख छ।

यस प्रकरणमा मलेसियन दूतावासको भूमिकामाथि समेत अनुसन्धान भइरहेको छ।


प्रतिकृया दिनुहोस्