Skip

Hamro Sanchar

हिजो घटेको सुनको मुल्य आज फेरि बढ्यो, चाँदीको भाउ पनि उकालो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १० गते


Advertisement

काठमाडौं । बुधबार एकैदिन प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको छ। बुधबार सुनको मूल्य २ लाख ४१ हजार ४ सय रुपैयाँमा झरेको थियो।

यसअघि सोमबार र मंगलबार दुई दिनमै सुनको मूल्य ५ हजार २ सय रुपैयाँले बढेको थियो। त्यसैगरी, कात्तिक २३ गतेदेखि एक सातासम्म लगातार घट्दा सुन प्रतितोला ४१ हजार ७ सय रुपैयाँ सस्तिएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको छ।

यसअघि गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो। त्यस्तै, सोही दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।


प्रतिकृया दिनुहोस्