काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, भारतसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
प्रस्तावित योजनाअनुसार चीनमाथि ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशत तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ। नयाँ व्यवस्था आगामी वर्षदेखि लागू गर्ने तयारी छ।
अमेरिकी व्यापार घाटा घटाउने र स्वदेशी उत्पादन तथा रोजगारी बढाउने उद्देश्यले ट्रम्पले यस्तो नीति अघि सारेका हुन्।
यसअघि सर्वोच्च अदालतले उनको ‘लिबरेसन डे’ शुल्कलाई गैरकानुनी ठहर गरेपछि सरकारले नयाँ अनुसन्धान थालेको थियो।
नयाँ शुल्कको सूचीमा चीन, भारत, जापान, दक्षिण कोरिया, बंगलादेशसहित १४ देश तथा युरोपेली संघ परेका छन्।
तर अर्थशास्त्रीहरूले यस्तो कदमले आयात महँगो बनाउने, मुद्रास्फीति बढाउने र अन्ततः अमेरिकी उपभोक्तामाथि नै आर्थिक भार थपिने चेतावनी दिएका छन् ।

























