Skip

Hamro Sanchar

दानबहादुरलाई आईजीपीमा फर्किन सर्वोच्चको अस्वीकार, मनोजलाई काम गर्न बाटो खुला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ९ गते


Advertisement

काठमाडौं, मंसिर ९। सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वआईजीपी दानबहादुर कार्कीलाई तत्काल पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिटमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेसँगै आईजीपी मनोज केसीलाई काम गर्न बाटो खुलेको छ।

सरकारले कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी नियुक्त गरेको थियो। उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका थिए।

अब सरकारको निर्णय वैध भए वा नभएको अन्तिम टुंगो मुद्दाको फैसलाबाट लाग्नेछ।


प्रतिकृया दिनुहोस्