Skip

Hamro Sanchar

भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ७ गते


Advertisement

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण पूरा गरी आज साँझ काठमाडौं फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए।

भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा, सुरक्षा, स्वास्थ्य, आयुर्वेद, भूउपग्रह सञ्चार, सहरी विकासलगायत विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।

 


प्रतिकृया दिनुहोस्