Skip

Hamro Sanchar

बाबुको बन्चरो प्रहार : दुई सन्तानकाे मृत्यु, श्रीमती र छोरा गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ५ गते


Advertisement

५ मंसिर, सुर्खेत । दैलेखमा एक बाबुले आफ्नै परिवारमाथि बन्चरो प्रहार गर्दा दुई बालबालिकाको ज्यान गएको छ भने श्रीमती र अर्का छोरा गम्भीर घाइते भएका छन्।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले सामान्य घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन्।

प्रहरीका अनुसार घटनामा ३५ वर्षीया श्रीमती मनीषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिश्मा गम्भीर घाइते भएका थिए।

घाइते चारै जनालाई उपचारका लागि दुल्लु नगर अस्पताल लगिएकोमा उपचारकै क्रममा १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिश्माको मृत्यु भएको हो। चिकित्सकले बिहान ११ः१० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए।

गम्भीर घाइते श्रीमती मनीषा र ६ वर्षीय छोरा मिलनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

घटनापछि बन्चरो प्रहार गर्ने अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्