Skip

Hamro Sanchar

सर्बिया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने युवक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ४ गते


Advertisement

काठमाडौं । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाएर ३० लाख ३० हजार ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० का २४ वर्षीय रोशन खड्का रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको हरिसिद्धीबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खड्काले एक व्यक्तिलाई सर्बिया पठाइदिने भन्दै ३० लाख ३० हजार लिएका थिए । रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा खड्कालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


प्रतिकृया दिनुहोस्