Skip

Hamro Sanchar

काठमाडौंका यि क्षेत्रमा १२ दिनसम्म दैनिक ६ घण्टा बत्ती जाने, कुन दिन कहाँ विद्युत् कटौती हुँदैछ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ३ गते


Advertisement

३ मंसिर, काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण लाइन विस्तारको काम गर्न आजदेखि १४ गतेसम्म विभिन्न स्थानमा दैनिक बिहान १०:३० देखि दिउँसो ४ बजेसम्म बत्ती काट्ने जनाएको छ।

प्राधिकरणका अनुसार बालाजु, बानेश्वर, धोबीखोला, कालिमाटी र कोटेश्वरलगायत क्षेत्रमा तालिकाअनुसार विद्युत् आपूर्ति बन्द हुनेछ।

काम निर्धारित समयअघि नै सम्पन्न भएमा सोहीअनुसार बत्ती सुचारु गरिने प्राधिकरणले जनाएको छ।

विद्युत् कटौतीबाट प्रभावित हुने उपभोक्तालाई आवश्यक तयारी गर्नसमेत आग्रह गरिएको छ।

 

 


प्रतिकृया दिनुहोस्