काठमाडौं । भोटेकोसी बाढी प्रभावितको सहयोगका लागि सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म १८ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विभिन्न खातामा कुल १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ संकलन भएको हो।
त्यसमध्ये नौ वाणिज्य बैंकमा रहेको उद्धार कोषका खातामा १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रुपैयाँ जम्मा भएको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका डलर खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर संकलन भएको छ।
यता, भोटेकोसी बाढीपीडितले भने आफूहरूले अझै राहत नपाएको गुनासो गरेका छन्। प्रभावितहरू पुरानै स्थानमा पाल टाँगेर बस्न बाध्य भएका छन्।

























