Skip

Hamro Sanchar

निर्वाचनको तयारीमा एमाले जुट्यो, आज राष्ट्रिय भेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, २ गते


Advertisement

२ मंसिर, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय राजनीतिको समीक्षा र आगामी स्थानीय तह निर्वाचनको रणनीति तय गर्न आजदेखि काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

भेलामा केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा पालिका कमिटीका पदाधिकारी, जनसंगठनका प्रतिनिधि, सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्।

पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा केन्द्रीय कमिटीका अघिल्ला निर्णय कार्यान्वयनको अवस्था, पार्टीले गर्नुपर्ने १५ काम, राष्ट्रिय राजनीतिको दिशा र स्थानीय निर्वाचनको तयारीबारे छलफल हुनेछ।

भेलालाई वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

 


प्रतिकृया दिनुहोस्