काठमाडौं । कार्यालयमा अनुपस्थित रहने र स्वीकृतिबिना बिदा बस्ने सात जना इन्जिनियरलाई पूर्वाधार विकास मन्त्रालयले सेवाबाट हटाएको छ।
मन्त्रालयका अनुसार कार्यालयमा नियमित हाजिर नभएको तथा बिदा स्वीकृत नगराई अनुपस्थित रहेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो।
सेवाबाट हटाइए पनि उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
कारबाहीमा पर्नेमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।
उनीहरू नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी थिए।

























