१ मंसिर, काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेर ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
आज जिल्ला प्रशासन र प्रहरीको संयुक्त टोलीले गरेको छापाका क्रममा ल्यापटप तथा मोबाइलसमेत बरामद गरिएको छ।
पक्राउ पर्नेमा ३१ पुरुष र ५ महिला छन्। धुलिखेल, पनौती र बल्थलीका अन्य रिसोर्टमा पनि ठूलो रकम भाडा तिरेर चिनियाँ नागरिक बस्दै आएको खुलेपछि प्रहरीले उनीहरूको गतिविधि र बसाइको उद्देश्यबारे अनुसन्धान अघि बढाएको छ।
दुई कोठा शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीसमेत बोलाइएको प्रहरीले जनाएको छ।

























