२४ कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ।
पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा छ भने चार अंकसहित जनकपुर पाँचौँ स्थानमा छ। प्लेअफ यात्रा बलियो बनाउने लक्ष्यसहित दुवै टोली जितको खोजीमा मैदान उत्रनेछन्।
























