२३ कार्तिक, काठमाडौं । चीनको सान्क्सी प्रान्तको ताइयुआनस्थित एक अग्लो भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्।
आइतबार साँझ लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
भवन सुरक्षा मापदण्ड पालना नगर्दा चीनमा यस्ता दुर्घटना बढिरहेको विज्ञहरूको भनाइ छ।
























